मदन भण्डारी स्पोट्स एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता गर्ने

काठमाडौं । मदन भण्डारी स्पोटर्स एकेडेमीले ७१ औं मदन जयन्तीको अवसरमा असार ३ गतेदेखि २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एकेडेमीले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७१ औं मदन जयन्तीका अवसरमा असार २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
२० दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले तालिका सार्वजनिक गरेको हो । जस अन्तर्गत एकेडेमीले विभिन्न ८ विधामा खेलकुद गर्ने जनाएको छ । खेल तालिका अनुसार भैरहवा,दमक, वीरगञ्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यु–१६ र यु– १८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि असार २० गतेसम्म हुनेछ ।
खुला कलेजस्तरीय भलिबल प्रतियोगिता भने असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ । झापामा रेस्लिङ प्रतियोगिता हुने एकेडेमीका अध्यक्ष धु्रव आचार्यले जानकारी दिए ।
त्यस्तै बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालयस्तरीय बुद्धिचाल, अन्तरकलेज उपत्यकास्तरीय बास्केटबल काठमाडौंमा हुनेछ भने काठमाडौंमा असार १७ देखि १८ सम्म फुल कन्ट्याक्ट कराते, असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने एकेडेमीले आयोजकले सार्वजनिक गरेको तालिकामा उल्लेख गरेको छ ।









स्रोत नखुलेको १० लाखसहित एकजना पक्राउ
पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश
हुवावेको ‘वाच जीटी ६ सिरिज’ नेपालमा सार्वजनिक
स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया