लाखौं रकम सहित सर्लाहीमा ६ जना जुवाडे पक्राउ

सर्लाही । सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।
आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण र उनीहरूको साथबाट बरामद भएको रकम सार्वजनिक गर्न आलटाल गरिरहेको छ ।
प्रहरीले लामो समय देखी जुवा खाल सञ्चालन भइरहेको सुराकीको आधारमा छापा मारेको थियो । पक्राउ परेका ६ जनाको विवरण र बरामद पैसाकोसमेत मुचुल्का तयार गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी प्रवीण पोखरेलले जानकारी दिए । पक्राउ परेकालाई छुटाउने विषयमा दबाब सुरु भइसकेको एक प्रहरीले जानकारी दिए ।
स्थानीयका अनुसार उक्त घरमा लामो समयदेखि जुवा सञ्चालन हुँदै आएको थियो । पक्राउ परेका जुवाडेलाई अहिले इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा राखेर सोधपुछ गरिएको प्रहरीको भनाइ छ ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
प्रतिक्रिया