इथियोपियामा कम्तीमा २ सय सर्वसाधारणको हत्या
आदिस आबाबा । इथियोपियामा २ सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरुको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।
‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’ु गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ । शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए ।
शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए ।
‘शवलाई सामूहिक चिहानमा गाडिरहेका छौं । हामी अझै पनि शव संकलन गर्दैछौं । संघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ । ’ अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ ।
















जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
कांग्रेस अनुशासन समितिकाे बैठक बस्दै
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
१७ अंकले घट्यो नेप्से
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया