एपिएफलाई हराउँदै पाहुना टोली शुभकामना कपको सेमिफाइनलमा

पोखरा । सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै पाहुना टोली अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिश्पर्धामा खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरmलाई अग्रता दिलाए । उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत थप दुई गोल गर्दै जितलाई सहज बनाएको हो । सुरुवात देखि नै एभिनियर एपिएफ माथी हावी भएको थियो । विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे भने ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।
१० खेलाडीमा सीमित भएको एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा सान्त्वना गोल फर्काए । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । एभिनियरले अब चर्च ब्वाइजसँगको भेट पक्का गरे । प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया