एपिएफलाई हराउँदै पाहुना टोली शुभकामना कपको सेमिफाइनलमा

पोखरा । सस्शत्र प्रहरी बल एपिएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै पाहुना टोली अफ्रिकी क्लब एभिनियर शुभकामना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रतिश्पर्धामा खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरmलाई अग्रता दिलाए । उनी गिनीको स्थानमा मैदान प्रवेश गरेका थिए । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारे ।
पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत थप दुई गोल गर्दै जितलाई सहज बनाएको हो । सुरुवात देखि नै एभिनियर एपिएफ माथी हावी भएको थियो । विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पारे भने ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे ।
१० खेलाडीमा सीमित भएको एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा सान्त्वना गोल फर्काए । हेम्जा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरिएको हो । एभिनियरले अब चर्च ब्वाइजसँगको भेट पक्का गरे । प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ ।
















इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया