नागरिकता विधेयक अघि बढाउने गठबन्धनको निर्णय
नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई कति वर्षमा नागरिकता दिने प्रस्तावबारे अझै अनिर्णित

काठमाडौँ । लामो समयदेखि संसद्मा विचाराधीन रहेको नागरिकता विधेयक अघि बढाउने निश्कर्षमा सत्ता गठबन्धन दल पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा छिट्टै लैजाने निश्कर्षमा पुगेका हुन् ।
‘निकै लामो समयपछि सम्मानीय प्रधानमन्त्रीज्युको अध्यक्षमा गठबन्धनको बैठक बस्यो । विकसित घटनाक्रमको बारेमा छलफल भयो । मूलरुपमा प्रधानमन्त्रीले नागरिकता विधेयक अघि बढाउन प्रस्ताव गर्नुभएको थियो,’ सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, -‘आजको बैठकमा नागरिकता विधेयकलाई अघि बढाउने र शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडै निष्कर्षमा पुर्याउने बारेमा छलफल केन्द्रित भएको थियो । नागरिकता विधेयकमा केही प्रक्रियाहरु हुन बाँकी रहेको छ र त्यसलाई चाँडै पूरा गरेर प्रस्तुत हुन्छ ।’
मन्त्री कार्कीले अहिले हाम्रो समाजमा बुबा नागरिक आमा नागरिक हुने तर उनीहरुको सन्तान नागरिकताविहीन भइरहेकाले यसलाई अन्त्य गर्न नागरिकता विधेयक अघि बढाउने निर्णय भएको बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्तावबारे भने कुनै निर्णय भएको छैन ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सुरुमा राजनीतिक अधिकार नपाउने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता लिने प्रस्ताव गरेको थियो । त्यसबेला नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुले हालकै व्यवस्था जस्तो तत्काल नागरिकता दिनुपर्ने मत राखेका थिए । तर बहुमतका आधारमा त्यतिबेला ७ वर्षे प्रावधान राखेर नगरिकता विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिले टुंग्याएर प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ ।
यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको थियो । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।
मन्त्री कार्कीका अनुसार शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याएर विषयमा छलफल भएको छ । ‘त्यसमा कानुनमन्त्रीले शान्तिप्रक्रियाको बारेमा अहिलेसम्म भएको कामको बारेमा बुँदागत रुपमा र समीक्षात्मक रुपमा प्रस्तुत गर्नु भएको छ’ – कार्कीले भने ।
















अमेरिकी प्रतिनिधिमण्डल नपुग्दै इरानी विदेशमन्त्री पाकिस्तानबाट फिर्ता
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
प्रतिक्रिया