समयमै वित्तीय विवरण नबुझाउने बीमा कम्पनीमाथि कारबाही सुरु

काठमाडौं । बीमा समितिले समयमै कारोबार तथा लेखापरीक्षणको विवरण नबुझाउने २२ बीमा कम्पनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गराउने निर्णय गरी कम्पनीहरूमाथि कारबाही गर्न सुरु गरेको छ ।
यसअघि पनि नियमितविपरीत काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरूलाई समितिले कारबाही गर्दै आएको थियो । नियामकीय सीमाभन्दा बाहिर गएका कम्पनीहरूलाई कानुनी दायरामा राख्न र आगामी दिनमा थप गल्ती नगरुन् भन्ने सन्देश प्रवाह गर्न कारबाही गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ ।
समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसीमाभित्र बीमा समितिमा आर्थिक वर्ष २०७६,०७७ मा आफूले गरेको बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने सम्पूर्ण बीमा कम्पनीहरूलाई दश हजारका दरले जरिवाना गर्ने निर्णय समितिले गरेको हो ।
बीमा समितिले बिहीबार प्रकाशित गरेको वक्तव्यमा भनिएको छ, ‘बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाबकिताबको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य कानुनी व्यवस्थाको जानी–जानी उल्लंघन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा ९१० बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको हो ।’













देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया