रुस–अमेरिका वार्ता ‘फलदायी’

मध्यपूर्वमा युद्ध चर्किरहेका बेला रुस र अमेरिकाबीच उच्चस्तरीय वार्ता सुरु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका दूत किरिल दिमित्रीभले अमेरिकी वार्ताकारहरूसँग भएको भेटलाई ‘फलदायी’ भएको बताएका छन् । इरान युद्ध सुरु भएपछि मस्को र वासिङ्टनबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो ।
फ्लोरिडामा भएको उक्त छलफलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वैश्विक दूत स्टिभ विटकफ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर र ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार जोश ग्रुएनबाम सहभागी भएको बताइएको छ । दिमित्रीभले सामाजिक सञ्जाल एक्समार्फत उनीहरूलाई धन्यवाद दिँदै बैठक सकारात्मक रहेको उल्लेख गरे ।
उनले ‘स्टिभ, जारेड र जोशसँग भएको बैठकका लागि धन्यवाद, छलफल निकै फलदायी रह्यो’ भन्दै पोस्ट गरेका थिए ।
यसअघि विटकफले पनि टोलीहरूले विभिन्न विषयमा छलफल गरेको र आगामी दिनमा सम्पर्क कायम राख्ने सहमति भएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । त्यसपछि ट्रम्पले पुटिन मध्यपूर्वको युद्धसँग सम्बन्धित विषयमा ‘सहयोगी’ हुन इच्छुक देखिएको बताएका थिए ।
फ्लोरिडाको बैठक त्यतिबेला भएको हो जतिबेला अमेरिका केही दिनअघि मात्रै रुसी तेलमाथि लगाइएका केही प्रतिबन्ध हटाउने निर्णयमा पुगेको थियो । रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि वासिङ्टनले ती प्रतिबन्ध लगाएको थियो । अहिले मध्यपूर्वमा युद्धका कारण ऊर्जा बजार अस्थिर भइरहेका बेला यस्तो निर्णय आएको हो ।
बैठकपछि दिमित्रीभले वासिङ्टनले रुसी तेलको महत्त्व अझ स्पष्ट रूपमा बुझ्न थालेको टिप्पणी गरेका छन् । उनका अनुसार दुवै पक्षले द्विपक्षीय सम्बन्ध सुधार गर्ने सम्भावना र विश्व ऊर्जा बजारमा देखिएको सङ्कट समाधान गर्न सक्ने परियोजनाबारे पनि छलफल गरेका छन् ।
टेलिग्राममा लेख्दै उनले विश्व अर्थतन्त्रको स्थिरतामा रुसी तेल र ग्यासको महत्त्वपूर्ण भूमिका रहेको धेरै देशहरूले अहिले बुझ्न थालेको उल्लेख गरे । साथै रुसविरुद्ध लगाइएका प्रतिबन्धहरू प्रभावकारी नभएको र त्यसले नकारात्मक असर पारिरहेको बुझाइ पनि विस्तारै बढिरहेको उनले बताए ।
















मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया