बारामा चार वर्षीया बालिका बलात्कृत, १८ वर्षीय युवक पक्राउ
मेरोन्यूज
२०७९ असार ९ गते २०:५६
बारा । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका-२२ का एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चकरीका १८ वर्षीय युवक रहेका छन् । बालिकाको अभिभावक घरमा नभएको अवस्थामा युवकले बालिकामाथि बलात्कार गरेको आरोप छ ।
बालिकालाई बलात्कार गरेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए । स्थानीयले सूचना दिएपछि प्रहरीले बुधवार युवकलाई पक्राउ गरेको हो ।
अमलेखगंजबाट पुगेको प्रहरी टोलीले युवकलाई पक्राउ गरी हाल इलाका प्रहरी कार्यालय सिमरालाई बुझाएको थियो । पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले म्याद थपका लागि बिहीबार दिउँसो जिल्ला अदालत लगेको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले युवकलाई म्याद थप गरी अनुसन्धान अघि बढाइने बताए ।
सम्बन्धित















यी हुन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया