सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ असार १० गते १०:५१

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा हिजो बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
प्रदेश १—०२—४४ प ६१० नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतीवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ ।
टिपर सहित चालकलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया