एमालेले पोखरा महानगरको बजेट प्रस्तुत गर्न दिने सहमति

काठमाडौँ । पोखरा महानगरमा नेकपा एमालेले बजेट पुस्तिका च्यातेपछि नगरसभा अवरुद्ध भएको छ । नगरसभाबाट बजेट पारित हुनुअगाडि बजेटको रातो किताबमा प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएसँगै नगरसभा अवरुद्ध भएको हो ।
एमाले जनप्रतिनिधिले विरोध जनाएसँगै बजेट प्रस्तुत प्रभावित भएको थियो । साढे ४ बजे शुरु भएको नगरसभामा एमालेबाट निर्वाचित प्रतिनिधि राधिका शाहीले रातो किताब च्यात्दै बजेट पारित हुनुअगाडि रातो किताब छापेको भन्दै आपत्ति जनाएकी हुन् । उनले १७६ जना नगरपालिका सदस्यको अधिकार हनन् गरी लोकतान्त्रिक विधि, विधान र नगरसभा सदस्यको अधिकारलाई कुल्चिदै बजेट प्रस्तुतभन्दा अगाडि रातो किताब छापेको भन्दै विरोध जनाएकी थिइन् ।
त्यस्तै, महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले रातो किताब किन प्रकाशन गरियो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताएन् । उनले रातो किताब किन भनियो र किन छापियो मेयरले त्यसको जवाफ दिनु पर्ने बताइन् ।
महानगरका मेयर धनराज आचार्यले किताब मस्यौदामात्र भएको र बजेटको अन्तिम रातो किताब नभएको भन्दै सभामा जवाफ दिएका थिए । उनले महानगरको नम्बर नघटोस् भनेर ‘लिजा’ (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार मात्रै गरेको बताए ।
एमालेको नाराबाजीपछि मेयर आचार्यले १० मिनेटका लागि नगरसभा स्थगित भएको घोषणा गरेका थिए । पोखरा महानगरले शुक्रबार नै करिब साढे ८ अर्बको बजेट प्रस्तुत गर्ने भएको छ । महानगरका मेयर र नेकपा एमालेका नगर सदस्यबीच छलफल भएसँगै बजेट पेस गर्न दिने सहमति जुटेको छ ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया