अमेरिकामा गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त, देशव्यापी विरोध सुरु

न्युयोर्क । अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ ।
रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्चले जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन् । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएका छन् । अदालतको आदेशपछि विभिन्न राज्यमा क्लिनिक बन्द गरिएका छन् ।
अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी र दक्षिणपन्थी भने खुसी भएका छन् । सन् १९७३ मा गर्भपतनलाई वैध बनाइएपति उनीहरुले त्यसको विरोध गर्दै आएका थिए । फैसलाको पक्षमा ६ र विपक्षमा ३ जना न्यायाधीश उभिएका थिए ।
















मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया