मर्स्याङ्दी नदीमा बिपदसम्बन्धी नमुना अभ्यास

लमजुङ । लमजुङको मर्स्याङ्दी नदीमा विपदसम्बन्धि घटनाबारे नमुना अभ्यास गरिएको छ । ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा उक्त नमुना अभ्यास गरिएको हो । नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीले नमुना अभ्यास गरेका थिए ।
मध्यमर्स्याङ्दीका जलाशयमा बाढीले बगाएकाहरूको उद्धारका लागि नमुना अभ्यास चलिरहँदा स्थानीय सहभागी एकनासले अवलोकन गरिरहेका थिए ।
बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पुर्याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले शनिबार मानिसलाई बाढीले बगाएपछि उद्धारको कृत्रिम घटना अभ्यास गराएको हो ।
विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार बर्खाको समयमा बाढीपहिरोले मानिसलाई बगाउँदा सुरक्षाकर्मीले गर्ने उद्धारलाई अभ्यास र तालिमको रूपमा प्रस्तुत गरिएको बताए ।
बाढीपहिरोले लमजुङ जोखिमयुक्त जिल्ला हो । गतवर्ष पनि मर्स्याङ्दी र दोर्दी खोलाले क्षति पुगायो । जोखिम जहिले पनि हुनसक्छ । विपद्का घटनापछि उद्धारलाई प्रभावकारी बनाउन नमुना अभ्यास गरेका हौं,’ उनले भने, ‘यसले सुरक्षा निकाय तयारी अवस्था छौं भन्ने सन्देश पनि दिएको हो ।’
भविष्यमा आइपर्ने घटनामा परिचालित हुन, उद्धार गर्न सुरक्षा निकाय तत्पर छ भन्ने सन्देश दिन अभ्यास गराइएको उनले बताए ।
प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले विपद्को समय सुरक्षा निकायमा छिटो जानकारी गराउँदा सकुशल उद्धार हुनेबारे सन्देश मूलक नमुना अभ्यास गरिएको बताए । उनका अनुसार जल प्रकोपबाट प्रभावित नागरिकको उद्धार समयमै हुन आवश्यक रहेकाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोलीले १२ दिनसम्म मर्स्याङ्दी नदीमा तालिम लिएका थिए ।
उद्धार टोलीका संयोजक उदीपुरस्थित चण्डीप्रसाद गणका क्याप्टेन प्रदीप थापाले जल प्रकोपको सचेतनाका लागि नमुना अभ्यास गराइएको बताए ।
कार्यक्रममा सुन्दरबजार नगरपालिका प्रमुख कृष्णप्रसाद कोइराला, र्यायाफ्टिङ गाइड समेत रहेका दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले उद्धारकर्मीहरू आफू नै सचेत भएर जानुपर्ने र सवैखाले उद्धार सामग्रीको प्रयोग गरेर मात्रै उद्धारकर्ता खटिन सुझाव दिएका थिए ।
















हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
उचित मूल्य नपाएको केरा उत्पादक किसानको गुनासो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया