सिरहामा २७ किलो गाँजासहित दुई युवक पक्राउ
मेरोन्यूज
२०७९ असार १२ गते २१:४२

सिरहा । जिल्ला प्रहरीले प्रतिबन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुंगाबाट २७ किलो ६५० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३४ वर्षीय राम सागर साह र गोलबजार नपा १ मुक्सारका ३० वर्षीय चंखु सदाय रहेका छन् । इलाका प्रहरी कार्यालय धनगढीमाई नपा १२ बिष्णुपुरकट्टीबाट खटिएको गस्ती टोलीले उनीहरु सवार स ३ प ७७९६ नम्बरको मोटरसाइकल शंका लागि जाँच गर्दा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
आजै सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । उदयपुरको सीमा क्षेत्रमा उत्पादित गाँजा धनगढीमाई नपाको बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्याउने गरेको बताइन्छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया