लोकगायिका हत्या प्रकण दिलमायाका बुबाले दिए श्रेष्ठविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी
मेरोन्यूज
२०७९ असार १३ गते ८:५५

काठमाडौं । लोकगायिका दिलमाया सुनारका परिवारले सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्। आइतबार साँझ दिलमायाका पिता केशर बिकले प्रहरी वृत्त बालाजुमा किटानी जाहेरी दिएका हुन् ।
गायिका दिलमायाको शनिबार राति आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। त्यो राति सँगै रहेका श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ। सिन्धुपाल्चोकको साँगाचोकगढीका श्रेष्ठले दिलमाया झुन्डिएको भनिएको सल महाराजगन्जस्थित झाडीमा फेला परेको छ। मोबाइल भने अझै भेटिएको छैन।
श्रेष्ठले आफुले हत्या नगरेको बताएपनि गतिविधि शंकास्पद पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। दिलमायाको पोष्टमार्टम रिपोर्ट पनि आउन बाँकी छ। उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले पोष्टमार्टमसँगै दिलमायाको आत्महत्या वा हत्या भन्ने प्रष्ट हुने
बताए।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया