बुधबार, पुष ३०, २०८२

अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको अफर, बीमा शुल्क भुक्तानी गरे क्यासब्याक पाइने

मेरोन्यूज २०७९ असार १३ गते १८:१९

काठमाडौँ । इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गरे २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने छ ।

यसैगरी जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने छ । यस्तै, इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिने छ ।

इसेवाले बिमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बिमितका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्ने छन् ।

यस्तै उपहार बिजेता बिमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०÷२० हजार नगद उपहार प्राप्त गर्ने छन् । योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक दिन एक जनाले गोला प्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।

प्रतिक्रिया