अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसमा इसेवाको अफर, बीमा शुल्क भुक्तानी गरे क्यासब्याक पाइने

काठमाडौँ । इसेवाले मंगलबार परेको अन्तर्राष्ट्रिय बीमा जागरूकता दिवसका अवसरमा विशेष अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत मंगलबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इसेवामार्फत जीवन बीमाको बीमाशुल्क भुक्तानी गरे २०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सकिने छ ।
यसैगरी जीवन बीमा कम्पनीमा गएर सोही दिन क्यूआरमार्फत भुक्तानी गर्दा पनि सोही क्यासब्याक पाउन सकिने छ । यस्तै, इसेवाले हाल सञ्चालन गरिरहेको लखपति योजनामा समेत सहभागी हुन सकिने छ ।
इसेवाले बिमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले बिमितका लागि लखपति योजना सञ्चालन गरिरहेको छ । भदौ ५ गतेसम्म सञ्चालन हुने यस योजनामा इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्ने छन् ।
यस्तै उपहार बिजेता बिमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि रु २०÷२० हजार नगद उपहार प्राप्त गर्ने छन् । योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेमध्येबाट हरेक दिन एक जनाले गोला प्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया