पुटिन युक्रेन युद्ध सुरु भएपछि पहिलोपटक विदेश भ्रमणमा जाँदै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्कदैछन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि पुटिनले पहिलोपटक एसियाली देशहरू – ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्न लागेका हुन ।
युक्रेनमा आक्रमणपछि रुसी नेताको यो पहिलो विदेश भ्रमण हो । जुन मस्कोमाथि लगाइएका थुप्रै प्रतिबन्धपछि सार्वजनिक भएको छ। यसबाहेक, जर्मनीमा हुन लागेको जी–७ शिखर सम्मेलनमा युक्रेनका विषयमा विशेष ध्यान केन्द्रित हुने जनाइएको छ। जी–७ शिखर सम्मेलनको सन्दर्भमा बभेरियन आल्प्समा भेला भएका विश्वका धनी राष्ट्रहरूका नेताहरूले युक्रेनलाई वार्ताको मुख्य विषयका रूपमा प्रस्तुत गर्ने सङ्केत गरिसकेका छन्।
रोसिया–१ राज्य टेलिभिजन स्टेशनका क्रेमलिन संवाददाता आरपावेल जरुबिनले राष्ट्रपति पुटिनले ताजिकिस्तान र तुर्कमेनिस्तानको भ्रमण गर्ने र त्यसपछि मस्कोमा वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई भेट्ने कार्यक्रम रहेको उल्लेख गरेका छन्।
त्यसैगरी दुशान्बेमा पुटिनले ताजिकस्तानका राष्ट्रपति इमोमाली रहमोनलाई भेट्ने छन्। राष्ट्रपति इमोमाली रहमोन रुसका निकट सहयोगी हुन् भने पूर्व सोभियत राज्यका सबैभन्दा लामो समयसम्म शासन गर्ने शासक पनि हुन्।
यसैगरी अस्गाबातमा उनले अजरबैजान, काजाकिस्तान, इरान र तुर्कमेनिस्तानका नेतासहित क्यास्पियन राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको पनि जारुबिनले बताएका छन्।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया