म्यानमारमा दुई टन हेरोइनसहित ५० करोड डलरको लागु औषध नष्ट
काठमाडौँ । म्यानमारमा आधा अर्ब डलरभन्दा बढी मूल्य बराबरको लागुऔषध नष्ट गरिएको छ । लागुऔषध उन्मूलन गर्ने प्रयास स्वरूप म्यानमारका अधिकारीले ठूलो परिमाणमा लागु औषध नष्ट गरेका हुन् ।
लागुऔषध दुरुपयोग र अवैध ओसार पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ को अवसरमा ठूलो परिमाणको लागु औषध नष्ट गरिएको हो । म्यामारमा मेथाम्फेटामाइन र्कीतिमानी स्तरमा उत्पादन हुँदै आएको राष्ट्रसंघले चेतावनी दिँदै आएको छ ।
लगभग दुई टन हेरोइन र ६३० मिलियनभन्दा बढी याबा मेथ चक्की म्यानमारको व्यापारिक केन्द्र यांगुन, मन्डलेको मध्य सहर र उत्तरमा सान राज्यमा विविध समारोहबीच जलाएर नष्ट गरिएको अधिकारी जनाएका छन् ।
राष्ट्रसंघका अनुसार म्यानमारको सान राज्य लागु औषध मेथका लागि दक्षिणपूर्वी एसियाको प्राथमिक स्रोत हो । विद्रोहीको केन्द्र मानिने उक्त राज्यमा बारम्बार हिंसा हुने गरेका छन् । तर, गत वर्ष म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि अपेक्षाकृत रूपमा त्यहाँ कम हिंसा भएको छ ।
लागु औषध नष्टले म्यानमारको अर्बौं डलर बराबरको लागुऔषध उद्योगको बारेमा ‘दशक लामो भ्रम’को प्रतिनिधित्व गर्ने स्वतन्त्र विश्लेषक डेभिड म्याथिसन बताउँछन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया