महोत्तरीमा लालपुर्जा वितरण अन्तिम चरणमा पुगेकाे छ : अध्यक्ष गोले

महोत्तरी । भूमि आयोगका अध्यक्ष ज्ञानबहादुर गोलेले महाेत्तरीमा लालपुर्जा वितरण प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । जिल्लाभित्र रहेका अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गोलेको भनाइ छ ।
प्राविधिकहरूले फिल्डमै पुगेर लागत संकलन तथा नाप, नक्सा अन्तिम चरणमा प्रविष्ट गरेसँगै लालपुर्जा वितरण अन्तिम चरणमा पुगेको अध्यक्ष गोलेले जानकारी दिए । ‘लालपुर्जाको नक्साङ्कन समेत तयारी भैइसकेको छ । अब वितरणको तयारी गर्नुपर्छ,´ गोलेले भने । विशेषगरी बर्दिबास नगरपालिकाभित्र अव्यवस्थित, भुमिहीन तथा सुकुम्बासीहरूको ठुलो समस्यामा छन् ।

नगरभित्र रहेका सबैकाे नक्सा समेत तयारी भैइसकेको हुनाले अहिले फिल्डमा पुगेर प्रावधिकहरूले प्रमाणीकरण अगाडि बढाएका छन् । अध्यक्ष गोलेका अनुसार नगरको १४ वटा वडामध्ये आधा वडामा प्रमाणीकरण प्रक्रिया सम्पन्न भैइसकेको छ ।
बर्दिबास नगरपालिकामा मात्र १०औँ हजार परिवार एलानी जग्गामा बसोबास गर्दै आएका छन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया