८ दिनदेखि हराइरहेका बालक ढलमा जीवितै फेला
मेरोन्यूज
२०७९ असार १५ गते १५:१०

वर्लिन । जर्मनीमा ८ दिनदेखि हराइरहेका एक बालक ढलमा जीवितै फेला परेका छन् । बीबीसीका अनुसार जोइ नामले चिनिने ती बालक १७ जुनमा पारिवारिक बगैंचाबाट हराएका थिए । जसका कारण प्रहरीले उनको ठूलो खोजी गरेको थियो ।
उनी २५ जुनमा बिहान फेला परेका थिए । एक पैदलयात्रीले ढलको ढकनीको प्वालबाट मन्द आवाज सुनेपछि उद्धार कार्य सुरु भएको थियो ।
करिब १० मिनेटपछि दमकल र आकस्मिक चिकित्सकको टोली घटनास्थलमा पुगेको थियो । न्युजवीकका अनुसार सडकमा ढलको ढकनी उचालेपछि अग्निनियन्त्रक ढलमुनि झरेर बालकलाई माथि तानेका थिए ।

उक्त स्थान उनको घरबाट ३०० मिटर टाढा थियो । उनलाई कुन चोटपटक नलागेको र खतरामुक्त रहेको प्राप्त विवरणमा जनाइएको छ । सुक्ष्म रूपमा मानसिक असन्तुलित ती बालक लामो समयसम्म कसरी बाँचे भन्ने बारेमा प्रहरीले अनुसन्धान गरेको छ ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया