पुटिनले युक्रेनमा दुष्ट काम गरेः बेलायती प्रधानमन्त्री जोनसन
मेरोन्यूज
२०७९ असार १६ गते ७:३०

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा दुष्ट काम गरेको बताएका छन् । जोनसनले भने, ‘ मलाई लाग्छ पुटिनले युक्रेनमा जे गरेका छन, त्यो नराम्रो छ । ’
उनले अगाडि थपे, ‘यो निर्दोष जनताविरुद्धको अनावश्यक आक्रमणको भयावह कार्य हो । ’म्याड्रिडमा नेटो नेताहरुको बैठक भइरहेका बेला रुसी सेनाले युक्रेनमा आक्रमणलाई तीव्र बनाएको छ । रुसी सेनाले दक्षिणी माइकोलाइभ क्षेत्र र ब्ल्याक सीनजिक क्षेप्यास्त्र हमलाहरू र गोलाबारी गरेको छ ।
रुसले युक्रेनमाथि हमला सुरु गरेपछि देखि नै प्रधानमन्त्री जोनसनले युक्रेनको समर्थनमा बोल्दै आएका छन् । उनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग नियमित टेलिफोन गर्नुका साथै हमलापछि मात्रै दुई पटक किभको भ्रमण गरेका छन् ।
सम्बन्धित









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया