पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

सुर्खेत । जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । पहिरोका कारण नलगाड नगरपालिका(८ मालुवामा सडक अवरुद्ध भएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
शुक्रबार बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयबासी समस्यामा परेका छन् । सडक खुलाउने काम सुरु गर्न लागिएको नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटकपटक सडक अवरुद्ध हुने गर्दछ । नेपाली सेनाले निर्माण गरेको यो सडक अहिले स्तरोन्नति भइरहेको छ ।
मौसमको खराबीका कारण हवाई सेवा ठप्प भएर स्थलमार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रुहरु बिहानैदेखि समस्यामा परेको त्रिपुरासुन्दरी नगरपालिकाका सुका डवल हिराचनले बताए । ‘पहिरो पन्छाउन बढी समय लाग्ने देखिन्छ,’ उनले भने । माथिबाट आएको ठूलो चट्टानले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने भएको हो ।
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया