बिहीबार, माघ १, २०८२

“सेञ्चुरी डिबेन्चर २०८८”को ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न

मेरोन्यूज २०७९ असार १७ गते १२:२२

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बीच १० वर्ष अवधि तथा वार्षिक १०.५०% व्याजदर भएको “सेञ्चुरी डिबेन्चर २०८८” डिबेन्चर ऋणपत्र (CCBD88) को सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत उक्त ऋणपत्र सर्वसाधारणको लागि विक्री आव्हान गरेको थियो ।

सर्वसाधारणमा वितरण गरिएको २२,००,००० थान ऋणपत्र वितरण भई धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०७९/०३/१५ गतेको निर्णयानुसार उक्त ऋणपत्र स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।

प्रतिक्रिया