भुवन केसीलाई बोर्ड अध्यक्ष बन्न शैक्षिक योग्यतासँगै उमेर बाधक

काठमाडौँ । लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद् बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौँ १ सांसद उठ्न खोजेका थिए । तर, एमालेले विद्या न्यौपानेलाई बनायो ।
२०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे । ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन एमालेमा माधव नेपालनिकट भएकाले ओलीले उनीप्रति खासै चासो देखाएनन् । त्यसपछि विरक्तिएका उनी बोर्ड अध्यक्ष बन्ने सर्तमा कांग्रेस प्रवेश गरे । बालुवाटारमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसमा प्रवेश गराए ।
गत २३ जेठ दयाराम दाहाल दुई वर्षे कार्यकाल पूरा गरी हटेपछि विकास बोर्ड अध्यक्ष खाली भएपछि ५ असारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको छ । २० असारभित्र दरखास्त बुझाइसक्नु पर्ने छ । तर, भुवनले शुक्रबार दरखास्त हाल्ने तयारी गरेका छन् ।
विकास बोर्डको अध्यक्ष बन्नका लागि ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनु पर्ने मापदण्ड छ । तर, भुवन गत असोजदेखि ६५ पूरा भई ६६ वर्षमा प्रवेश गरेका छन् ।
आफ्नो उमेर कट्ने भएपछि भुवन केही दिनअघि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका थिए । उनले यो आफ्नो राजनीतिक नियुक्ति हुने भएकाले सहयोग गर्न प्रचण्ड आग्रह गरे ।
सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित् क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनु पर्ने उल्लेख छ । सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाण पत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए ।
सरकारी बोर्ड वा संस्थानको कार्यकारी पदका लागि स्नातक तह उत्तीर्ण अनिवार्य मानिन्छ । तर, भुवनका लागि सञ्चार मन्त्रालयले मापदण्ड संशोधन गरेकाले यो नियुक्ति खारेज गर्न सर्वोच्च अदालतमा निवेदन दिने केही चलचित्रकर्मीले तयारी गरेका छन् ।
हालै नेपाल आयल निगमको सञ्चालक समिति सदस्य स्नातक तह उत्तीर्ण नभएको व्यक्ति नियुक्त भएपछि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनको नियुक्ति खारेज गरेको नजिर छ । भुवन आफैमा विवादित पात्र हुन् । उनले दुई वटा विवाह गरे । तर, दुवै असफल भए । जेठी श्रीमती विजया केसी र उनबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन् ।
कान्छी श्रीमती सुस्मिताले पनि भुवनसँग सम्बन्धविच्छेद गरिसकेकी छन् । अहिले उनी अभिनेत्री जिया केसीसँग लिभिङ टुगेदरमा छन् । बेलाबेलामा महिलासँग नाम जोडेर चर्चामा आउने भुवनविरुद्ध अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको यौन दुर्व्यवहारको मुद्दामा अदालतमा विचाराधीन छ ।
भुवनविरुद्ध तीन महिलाले ‘मि टू’ प्रकरण बाहिर ल्याउने तयारी गरेको नाम उल्लेख नगर्ने सर्तमा एक चलचित्रकर्मीले बताए । यिनै कारणले भुवनले विकास बोर्ड अध्यक्षका लागि अन्तिमतिर दरखास्त हाल्ने तयारी गरेका हुन् ।
विकास बोर्ड अध्यक्षका लागि अहिलेसम्म सम्झना उप्रेती रौनियार, अरुण प्रधान, सुशील पोखरेलले दरखास्त हालेका छन् । आजै निर्माता निर्देशक नरेश पौडेलले पनि दरखास्त दिने तयारी गरेका छन् ।















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया