चट्याङ लागेर युवकको मृत्यु, दुई जना घाइते
मेरोन्यूज
२०७९ असार १७ गते १७:२१
बारा । जिल्लाको सुवर्ण गाउँपालिका ७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
खेतमा काम गरिरहेको अवस्थामा उनलाई चट्याङ लागेको थियो । उनीसँगै काम गरिरहेका अन्य दुई जना भने गम्भीर घाइते भएका छन् ।
सुवर्ण गाउँपालिका ७ बस्ने २८ वर्षीय नेतालाल पण्डित र सोही स्थान बस्ने भरोस यादवको ८ वर्षीय छोरी रुवी कुमारीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया