बिहीबार, माघ १, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकलाई युरोपा फिटनेस सेन्टरमा २५ प्रतिशत छुट

मेरोन्यूज २०७९ असार १७ गते १८:१७

काठमाडौँ । बैंक अफ काठमाण्डू र युरोपा फिटनेस सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट भुक्तानी गर्दा २५ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौतापश्चात् ग्राहकले युरोपा फिटनेस सेन्टरमा उपलब्ध हुने फिटनेस सेवामा एकमुष्ठ २५ प्रतिशतको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्न ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ । युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीलाई सेवा दिँदै आइरहेको छ ।

यस्तै, हाल बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

प्रतिक्रिया