आइतबार, माघ २५, २०८२

जसपामा उपेन्द्रले बाबुराम पक्षका नेतालाई आमन्त्रण नगरेको गुनासो

मेरोन्यूज २०७९ असार १८ गते १०:२८

काठमाडौँ । राष्ट्रिय जनता समाजवादी पार्टी (राप्रपा) अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषदका अध्यक्ष बाबुराम पक्ष अनभिज्ञ रहेका छन् ।

आगमी २७–२८ असारमा बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा असन्तुष्ट भट्टराई पक्षधर अनभिज्ञ रहेका हुन् ।

‘केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइयो भन्ने सुनेको छु, तर अहिलेसम्म खबर आएको छैन्,’ सांसदसमेत रहेकी केन्द्रीय कार्यकारिणी समितिका सदस्य अमृता अग्रहरीले भने, ‘उपेन्द्र जीले संसदीय दलको बैठक बोलाउँदा होस् वा पार्टीको छलफल चलाउँदा कसैलाई बोलाउने कसैलाई नबोलाउनु गर्दै आउनु भएको थियो, यही होला भनेर बुझौँ ।’

इमेल, मोबाइल म्यासेजमार्फत बैठकको जानकारी गराउँदै आउने चलन भए पनि अहिलेसम्म भट्टराई पक्षधरका नेताले बैठकका बारेमा सूचना नपाएपछि यादव पक्षधर नेतासँग चासो व्यक्त गरिरहेका छन् ।

उता, यादव पक्षधर नेता मनिष सुमनले बैठकमा बारेमा इमेल आएको जानकारी दिए । ‘मलाई चाँहि बैठकमा उपस्थित हुनका लागि इमेल आएको थियो, तर केही साथीले कुनै खबर पाइएन भनिरहनुभएको छ, सायद बैठक आउन अझै केही दिन बाँकी रहेकाले खबर आउन ढिलाई भएको होला,’ उनले भने ।

प्रतिक्रिया