वर्षाकाे वितण्डा : गाईघाट बजारका दर्जनाैं घर र पसल डुबे

उदयपुर । भिषण वर्षाका कारण उदयपुर सदरमुकामस्थित गाईघाट बजारका दर्जनौँ घर र पसल डुबानमा परेका छन् । घर र पसल डुब्दा विभिन्न उपभोग्य सामान भिजेर नष्ट भएका छन् ।
गाईघाट बजारकाे असारी लाइन क्षेत्रका पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भिषण वर्षाले पसल र घर डुबेका हुन् । पसल डुब्दा २० लाख रुपैयाँ बराबरकाे क्षति भएकाे उनले बताए ।
गाईघाट बजारको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभा टोल र पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबेकाे एक पसल सञ्चालक दीपक कार्कीले बताए ।
स्थानीयवासीकाे घरभित्र पानी प्रवेश गर्दा घरका अधिकांश सामग्री नष्ट भएकाे छ । त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश विकले शुक्रबार बेलुकीदेखि आएको अविरल वर्षाका कारण बजार क्षेत्रका घर र पसल डुब्दा एक करोडभन्दा बढीको क्षति हुन पुगेको बताए । आफूले बिहानैदेखि अनुगमन गरेको उनले जानकारी दिए ।
क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको उनको भनाइ थियो । नगरपालिकाका प्रमुख र उपप्रमुख वसन्त बस्नेत र महेश्वरी राईले बजार डुबानमा परेपछि गाईघाट बजारको क्षतिको बारेमा अध्ययन गरिरहेको बताएका छन् ।
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
प्रतिक्रिया