दाङमा ग्यासको ढुवानी मूल्य एक सय रुपैयाँ

दाङ । दाङमा ग्यासको ढुवानी मूल्य बढाइएको छ । यसअघि ग्यास डिलरबाट उपभोक्ताको घरसम्म ग्यासको सिलिण्डर पुराएको ५० लिँदै आएकोमा भोलिदेखि १ सय रुपैयाँ लिइने भएको छ ।
दाङ देउखुरी ग्यास बिक्रेता संघको घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । संघका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा तथा सहसचिव लोकबहादुर वली, कोषाध्यक्ष तिलकबहादुर रोका, सदस्य गोपाल आचार्य, कोमलराज पाण्डे, शेषमणि खनाल र ग्यास बिक्रेताहरूको उपस्थितिमा बसेको बैठकले ढुवानीमा ५० रुपैयाँ बढाउने निर्णय गरेको हो ।
यसअघि ग्यास ढुवानी नूतनतम ५० रुपैयाँ लिँदै आएकोमा पछिल्लो समयमा अधिकांश बस्तुमा महँगाइ बढेकाले भोलिदेखि लागू हुने गरी ग्यासको ढुवानी न्यूनतम सय रुपैयाँ लिने निर्णय गरेको छ ।
हाल ग्यासको बिक्री मूल्य १८ सय र ढुवानीसहित १८५० लिइँदै आएकोमा भोलिदेखि ढुवानी सहित १९ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने दाङ देउखुरी ग्यास बिक्रेता संघले जनाएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया