केएमसी स्कुलभित्र कर्मचारीको मृत्युले तनाव, प्रहरी र परिवारबीच वार्ताको तयारी

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन् । काभ्रे जिल्लाको तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो । प्रहरीका अनुसार उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
मृतकका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन् । यद्यपी प्रहरीले अनुसन्धान प्रक्रिया सुरु गर्न सकेको छैन । गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न नसकेको प्रहरीले जनाएको छ ।
मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन् । आफन्त र परिवारले घटनास्थलमा तनाव सिर्जना गर्ने भउपछि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको छ ।
मृतकका परिवारले वार्ता टोलीमा मिडियाकर्मीहरू पनि राख्न माग गरेका छन् । ‘हामीले वार्ता टोलीमा मिडियाकर्मी राख्नुपर्छ भनेका छौं। टोली पनि बनायौं तर मिडियालाई नदिने तपाईंहरूसँग मात्रै वार्ता गर्ने कुरा गरे,’मृतकका मामा श्याम खत्रीले भने,‘त्यसैले कुरा हुनसकेको छैन ।’
















बाटोमा लडेर बाजुरामा एक जनाको मृत्यु
एक तोला सुनको मूल्य तीन लाख एक हजार माथि
राष्ट्र सेवामा सशस्त्र प्रहरी बलको २५ वर्षे गौरवपूर्ण यात्रा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
प्रतिक्रिया