प्रचण्डको प्रतिवेदन पूर्णपाठ : कांग्रेस सहरभन्दा गाउँमा कमजोर, एमाले गाउँ-सहरमा उस्तै, माओवादी गाउँमा मजबुत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादी गाँउमा मजबुत बन्दै गएको बताएका छन् । कांग्रेस शहरको तुलनामा गाँउमा कमजोर बनेको, एमाले गाँउ र सहरमा उस्तै देखिएको र माओवादी केन्द्र भने सहरमा भन्दा गाँउमा मजबुत देखिएको बताएका हुन् ।
पार्टी केन्द्रीय समिति बैठकमा उनले पेश गरेको १० पृष्ठको दस्तावेजमा त्यस्तो उल्लेख छ ।
प्रचण्डले गठबन्धनमा माओवादी सवैभन्दा इमान्दार देखिएको, कांग्रेस आफुलाई कसरी को सँग मिल्दा फाइदा हुन्छ, उसैसँग पनि मिल्ने प्रवृति देखा परेको र एकीकृत समाजवादीले भने हैसियत भन्दा पनि धेरै मागेको उल्लेख गरेका छन् ।
कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवार सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा नदिँदा अत्यधिक मत बदर भएको पनि प्रचण्डले बताएका छन् ।
एकीकृत समाजगवादीले आफ्नो वास्तविक स्थिति भन्दा बढी दावी गर्दा सिट बाँडफाँटमा समस्या देखिएको र केही स्थानमा गठबन्धन पराजित भएको प्रचण्डको भनाइ छ ।
जसपा तराई मधेसमा गठबन्धन गर्न अनिच्छुक देखिएको भन्दै प्रचण्डले माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताए ।
प्रचण्डले प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो पार्टी (माओवादी केन्द्र) ले १६ सिट बढी ल्याएको छ भने जसपा र जनमोचाले पनि पहिलेको तुलनामा केही सिट सङख्या बढाएका छन्।’
यस्तै प्रतिवेदनमा ‘यस पटकको स्थानीय तहको चुनावमा नेकपा एमालेले नराम्रोसँग हार बेहोर्नु परेको’ उल्लेख गरेका छन् ।
हेर्नुहोस प्रतिवेदनको पूर्ण पाठ
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया