तत्कालीन नेकपाको बहुमत सचिवालय सदस्यबीच भेट वार्ता

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूले भेट वार्ता गरेका छन् । आइतबार साँझ ललितपुर हात्तीवनस्थित एक निजी निवासमा भेट वार्ता भएको हो ।
भेटमा माओवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासहित वामदेव गौतमसमेत सहभागी भएका छन् । भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधव नेपाल र झलनाथ खनाल सहभागी भएका छन् ।
त्योबेला नेकपाका सचिवालयमा रहेका केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादु थापा ‘बादल’ अहिले एमालेमा नै छन् ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको छ ।
नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारीसमेत बनेको छ ।
















निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया