सोमबार, माघ २६, २०८२

कार्तिक मसान्तसम्ममा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको निष्कर्ष

बुधबारसम्ममा औपचारिक रुपमा निर्वाचन मिति सिफारिससहित सरकारलाई पत्राचार गर्ने आयोगको तयारी

मेरोन्यूज २०७९ असार २० गते ८:०६

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आगामी ३० कात्तिकको मिति प्रस्ताव गर्ने निष्कर्षमा पुगेको छ ।

आयोगका एक पदाधिकारीले आयोग कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भएको बताए । उनलभने ,हामीले कात्तिकको अन्तिम साताभित्र नै सक्नेगरी निर्वाचनको मिति प्रस्ताव गरेर सरकारलाई बुझाउने तयारी गरेका छौं नत्र हिमाली भेगमा चिसो बढ्ने हुनाले निर्वाचन गराउन कठिनाइ हुने देखिन्छ ।’
केही दिन अघिमात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको मिति घोषणााका बारेमा अनौपचारिक छलफल गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री देउवाले आयोगले मिति सिफारिस गरेर ल्याए आफूहरुले प्रक्रिया अघि बढाउने बताएका थिए।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनको १२० दिन (चार महिना) अघि मिति घोषणा हुनुपर्ने बताए ।
आयोगले यही बुधबारसम्ममा औपचारिक रुपमा नै निर्वाचन मिति सिफारिस सहित सरकारलाई पत्राचार गर्ने तयारी रहेको स्रोत बताउँछ ।

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीको संख्या कम हुँदा कतिपय ठाँउमा निर्वाचन विथोलिएको आयोगले आन्तरिक निष्कर्ष निकालेको थियो । तर दुई चरणमा निर्वाचन गर्दा बढी खर्च हुने भएकाले आयोगले एकै चरणमा जोड दिएको छ ।

आयोगले असार मसान्तभित्र सरकारबाट निर्वाचनको मिति घोषणाको भए । आयोगले मिति घोषणा भएलगत्तै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना निकाल्नेछ । त्यसलगत्तै दलहरुलाई समानूपातिक उम्मेदवारहरुको सूचि पेश गर्न समय दिनेछ । निर्वाचन आयोगले अहिले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गरिरहेको छ । निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्रको पनि पुनरावलोकन गर्ने योजना बनाएको छ ।

मतदान स्थल र केन्द्र पुनरावलोकनका लागि हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्नुपर्छ । निर्वाचन आयोगले केही दिनमै विद्युतीय मतदान यन्त्रका बारेमा पनि सरकारसँग थप छलफल गर्ने तयारी रहेको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया