मन्त्रीका कार्यकर्ता भर्ती गर्न नमान्दा केयूकेएलमा आन्दोलन

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीका कारण काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मन्त्रीको लिस्टका ९० जनालाई करार सेवामा नियुक्त गर्न नमानेपछि मन्त्रीको पार्टी कांग्रेस सम्बद्ध कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यलाई हटाउन का लागि आन्दोलन शुरु गरेका हुन् । विगत दुई सातादेखि केयूकेएलमा आन्दोल जारी रहेको छ । खानेपानी मन्त्री चौधरीको उक्साहटमा दलनिकट कर्मचारीका संघसंगठन प्रमुख कार्यकारी अधिकृत शाक्य विरोधी आन्दोलनमा उत्रेको स्रोतले जनाएको छ । सरकारले खानेपानीलाई अत्यावश्यक सेवामा राखेर हडताल, आन्दोलन, बन्दजस्ता कार्यक्रम निषेध गरेपनि अनुकुलमा कर्मचारीहरु नियुक्ति गर्नुपर्यो भन्दै आन्दोलन शुरु भएको हो ।
केयुकेएलका कर्मचारीका अनुसार तीन महिनाअघि खानेपानी मन्त्रीका स्वकीय सचिव कृष्ण चौधरी र उपसचिव शशी लम्साल मन्त्री निकट ९० जनालाई करार सेवामा नियुक्त गर्नुपर्ने मागसहित प्रमुख कार्यकारी अधिकृत शाक्यको कार्यकक्षमा पुगेका थिए ।
केयुकेएल कर्मचारी संगठनका अध्यक्ष नवलसिंह साउदले केही महिनाअघि मात्र लिमिटेड व्यवस्थापनले संस्थामा राजनीति हस्तक्षेप रोक्न ९० करार पद रद्द गरेकाले अब फेरि करार सेवामा नियुक्त गर्न नहुने भन्दै संगठनले विरोध गरेका थिए । ‘केयुकेएलमा दलको झन्डा बोक्नेहरूको प्रवेशले संस्था नै डुब्न लागेको भन्दै व्यवस्थापन पक्षले केही समयअघि ९० जनाको करार पद रद्द गरेको थियो,’ अध्यक्ष साउदले भने । उनका अनुसार मन्त्रीको सचिवालयका उपसचिव र स्वकीय सचिवले ९० जनालाई फेरि करार सेवामा नियुक्त गर्न प्रमुख कार्यकारी अधिकृत शाक्यलाई दबाब दिएपछि अहिले कार्यकारी अधिकृत हटाउन लागेका आन्दोलन शुरु गरेका हुन् ।
शाक्य प्रतिस्पर्धाबाट चार वर्षका लागि नियुक्त भएका थिए। सरकारले गत जेठ २६ गते आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवालाई अत्यावश्यकमा राखेको छ । अत्यावश्यक क्षेत्रमा बन्द, हडताल गर्न नपाइने निर्णय गरी सार्वजनिक सूचना पनि सरकारले जारी गरिसकेको छ। खानेपानी सञ्चालन तथा वितरण पनि २५ वटा अत्यावश्यक सेवाअन्तर्गत छ। खानेपानी वितरण गर्ने केयुकेएलमा कार्यरत कर्मचारीका संघसंस्थाहरू कार्यकारी प्रमुख शाक्ले मार्गप्रशस्त गर्नुपर्ने माग राखेर आन्दोलनमा उत्रेका छन्।
त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयमा प्रमुख कार्यकारी अधिकृतलाई प्रवेश निषेध गरिएको छ । नेपाली कांग्रेसनिकट केयुकेएल कर्मचारी संघ, कांग्रेसनिकट अर्को लोकतान्त्रिक कर्मचारी संघ, राप्रपानिकट कर्मचारी कल्याण परिषद्, नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट स्वतन्त्र कर्मचारी संघ, सवारीचालक एसोसिएसनले संयुक्त रूपमा केन्द्रीय कार्यालयमा प्रमुख कार्यकारी अधिकृतको कार्यालय घेराउ गरेर बसेका छन् ।
कर्मचारी आन्दोलनका कारण प्रमुख कार्यकारी अधिकृतले चेकमा हस्ताक्षर गर्न नपाएपछि ट्याङकर सञ्चालन पनि अवरुद्ध बनेको छ । केयुकेएलमा १ हजार ३ सय ३६ दरबन्दी छन् ।
९ सय ३५ दरबन्दीमा कर्मचारी कार्यरत छन् । बाँकी दरबन्दी पदपूर्ति तीन वर्षदेखि हुन नसकेको भन्दै उनीहरुले कर्मचारी भर्ती गर्न खोजेका थिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया