भारतको कोठीबाट उद्धार गर्नेलाई हत्या गर्न किन उत्रिन् जानुका ?
कुनै समयका सहयोगी कसरी बन्न पुगे ‘दुस्मन’

काठमाडौँ । करिब तीन वर्षअगाडि झापा जिल्लाको अर्जुनधारा नगरपालिका ७ बस्ने जानुका सुवेदी थापा रोजगारीका लागि भारतको राजधानी दिल्लीमा पुगिन् । त्यसबेला उनी २९ वर्षकी थिइन् (हाल ३१ वर्षीया) ।
घरको आर्थिक अवस्था बलियो बनाउन दिल्ली पुगेकी जानुकाले त्यहाँ सोचेको सजिलो काम पाइनन् । ०७६ साल मंसिर–पुस ताका दिल्ली पुगेकी उनलाई दलालले गुजरात पुर्याए । काम गर्ने आश्वासन देखाएर दलालले उनलाई एउटा कोठीमा बेचे ।
कामको सिलसिलामा बेचिन पुगेकी उनले त्यहाँबाट उम्कन धेरै कोशिस गरिन् । तर, सकिनन् । त्यही क्रममा जानुकाको भेट ४० वर्षीय जपडिया नरेशकुमार बाबुभाइसँग भयो । उनले जानुकालाई साथ दिँदै कोठीबाट निकाले । बाबुभाइले जानुकालाई उद्धार गरी आफ्नो घरमा राखे । दुई महिनापछि जानुकालाई आफ्नै घर पठाइदिए ।
दलदलबाट निकालेर नेपाल फर्काएपछि जानुका र बाबुभाइको सम्बन्ध बलियो बन्दै गयो । उनीहरू एकअर्काबीचको सम्बन्ध सुधारसँगै बाबुभाइ नेपाल आउने जाने क्रम चल्दै गयो ।
नेपालमा आउँदै जाँदै गरेका बाबुभाइसँग जानुकाले सहयोग मागिन् । जानुकाले आर्थिक सहयोगको अपेक्षा गरेसँगै बाबुभाइले ०७६ सालको अन्तमा गुजरात पुगेर पाँच लाख रुपैयाँ पठाइदिए ।
ººº
गुजरातको कोठीबाट उद्धार गरी आर्थिक सहयोगसमेत गरेका बाबुभाइको हत्याको अभियोगमा जानुका नै पक्राउ परेकी छन् । बाबुभाइको हत्यामा संलग्न भएको आरोपमा जानुकासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको हो । आफ्ना लागि अथाह सहयोग गरेका बाबुभाइलाई जानुकाले नै योजना बनाएर हत्या गरेको हो त ? प्रहरीले यसै प्रश्नको उत्तर खोजिरहेको छ ।
बाबुभाइको शव गत असार १२ गते अर्जुनधारा नगरपालिका ४ स्थित ह्युम पाइपभित्रको बोरामा बेरिएको अवस्थामा फेला परेको थियो । उनको शवसँगै प्रहरीले भारतीय आधार कार्डसमेत फेला पारेपछि प्रहरीले अनुसन्धानलाई गहिरो बनाएको थियो ।

प्रहरीले जानुकालाई पक्राउ गरी अनुसन्धानको दायरमा ल्याएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगमबहादुर कुँवरका अनुसार यो घटनामा मुख्य रूपमा जानुका जोडिएकी छन् ।
जानुकासँगको केरकारपछि हत्याको योजनामा उनका श्रीमान ४९ वर्षीय बिर्खबहादुर थापा पनि संलग्न भएको देखिएको हो । उनीहरूले सुनसरी बराहक्षेत्र १० का २५ वर्षीय सुरेश परियारलाई ५ लाख रुपैयाँ दिने आश्वासन दिएर हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाको टोलीले जानुका, उनका श्रीमान विनय भनिने बिर्खबहादुर र सुरेशलाई नियन्त्रणमा लिएको हो ।
ººº
हत्याको कारण के हो ?
गत वैशाख ४ गते ५९ हजार भारतीय रुपैयाँसहित बाबुभाइ पक्राउ परे । उनलाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले पक्राउ गरेको थियो । आवश्यक कारबाहीका लागि उनलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको थियो । उनलाई राजश्वले दुई लाख ८० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
धरौटीमा छाडिए पनि बाबुभाइ मुद्दाका लागि राजश्व कार्यालयमा तारिख धाइराख्थे । तारिखका लागि नेपाल आइराख्ने बाबुभाइ जानुकाकै घरम बस्ने गर्थे । प्रहरीका अनुसार पछिल्लो समय उनी तारिखका लागि आउँदासमेत जानुकाकै घरमा बसेका थिए ।
मदिरा सेवन गरी बाबुलाइले जानुकालाई आफूसँग विवाह गर्न दबाब दिन थालेका थिए । उनीसँग विवाह गर्न नमाने राम्रो हुँदैन भन्दै धम्की दिएका थिए । त्यही बेलादेखि उनीहरुबीच सम्बन्धमा खटपट भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।
गत असार ७ गते बाबुभाइ पुनः जानुकाको घरमा पुगे । केही दिन बसेर असार ९ गते बिहानको समयमा तारेखका लागि सुनसरीको इटहरी गएर झापा फर्किए । यता जानकाले आफ्नो श्रीमानसँग मिलेर बाबुभाइलाई हत्या गर्ने योजना बनाइरहेका हुन्छिन् ।
योजनाअनुरुप असार ८ गते सुरेश जानुकाको घर पुगेका हुन्छन् । उनीसँगै अर्का व्यक्ति पनि थिए, जो फरार रहेको प्रहरीले जानकारी दिए ।
राजश्वमा आफ्नो तारेख सकाएर बाबुभाइ असार ९ गते जानुकाको घरमा पुग्छन् । उनले ९ गते साँझ सुरेश र अर्का एक जनासँगै बसेर मदिरा सेवन गर्छन् । मदिरा सेवनसँगै बाबुभाइको हत्या हुन्छ ।
प्रहरीका अनुसार जानुकाको घरको भुइँतलाको उतरतर्फको कोठाको ढोकामा बाबुभाइ उभिरहेको अवस्थामा पछाडिबाट सुरेश घाँटीमा मुड्की प्रहार गर्छन् । भुइँमा लड्नसाथ सुरेशसँगै आएका अर्का युवाले फलामको मार्तोलले शरीरभरि प्रहार गर्छन् । उनीहरूले बाबुभाइको हत्या हुन्छ ।
बाबुभाइको हत्यापछि योजनाअनुसार शव लुकाउन सुरेश र अर्का युवाले ह्युम पाइपभित्र बोराले बेरेर राखेको प्रहरीको अनुसन्धानबा पत्ता लागेको हो ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया