कप्तान रेनुका कम्तिमा १० साता मैदान बाहिर हुने
मेरोन्यूज
२०७९ असार २१ गते १७:०३

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो । १९ औँ एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमकी कप्तान उनको सोमबार प्रशिक्षणका क्रममा घाँटीमा चोट लागेको थियो ।
सोमबारै सातदोबाटोस्थित बी एण्ड बी अस्पतालमा भर्ना गरिएकी रेनुकाको राति शल्यक्रिया भएको थियो । यसअघि मंगलबार एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्षद्वय दावा लामा र दीपक खतिवडासँगै महासचिव किरण राईले रेनुकालाई अस्पतालमै भेटेका थिए ।
सम्बन्धित
















अभिनेता सुनील थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि
अण्डाको मूल्यमा भारी गिरावट
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
गुल्मी–२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती
प्याब्सन क्रिकेट लिगको ट्रफी सार्वजनिक
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
कस्ताे रहला आज देशभरकाे माैसम ?
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
प्रतिक्रिया