एनएमबि बैंकद्वारा सुर्खेतको सामुदायिक विद्यालयको भवन पुनःनिर्माण

काठमाडौँ । एनएमबि बैंकले सामाजिक दायित्वअन्तर्गत वीरेन्द्रनगर सुर्खेत १६ स्थित सरस्वती प्राथमिक विद्यालयको छानाको पुनर्सरचना र कक्षा कोठाको मर्मत सम्भार गरेको छ । गत जेठमा आएको हावाहुरीले उक्त विद्यालयको जस्ताको छाना उडाएपछि विद्यार्थी खुल्ला चौरमै पढ्न बाध्य थिए ।
एक कार्यक्रम माझ बैंकले ४ वटा कोठाको पुनः निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो । उक्त कार्य परियोजनाको समापन तथा हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेल, कर्मचारी निर्मल गौलीलगायत उपस्थित थिए । विद्यालयको तर्फबाट विद्यालय व्यवस्थापन समिती शिक्षक तथा विद्यार्थी र पत्रकारलगायत सदस्य उपस्थित थिए । उक्त कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्याकुरेलले यस सहकार्यले विद्यार्थी भाइबहिनीमा पठन पाठनमा सहज हुने विश्वास व्यक्त गरे ।
बैंकले वित्तीय कारोबार मात्र गर्ने थाहा भए पनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफू हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए । ‘सामाजिक कार्यमा एनएमबि बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं,’ प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवा सुविधा छैन, यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय छ । ’
एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया