बालुवाटारमा अर्थमन्त्रीलाई राखेर देउवा-प्रचण्डले के भने ?

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्मालाई राखेर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ ।
बजेट प्रस्तुत गर्नु अघिल्लो रात (जेठ १४) गते अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दररेटमा हेरफेर गरेर बजेट निर्माण गरेको आरोपमा प्रतिपक्षी नेकपा एमालेलगायतले कडा रुपमा प्रस्तुत हुन थालेपछि यस विषयमा छलफल भएको हो ।
देउवा र प्रचण्डले अर्थमन्त्रीसमेत रहेका माओवादी नेता शर्मालाई सँगै राखेर छलफल गरेको बालुवाटार स्रोतले बताएको छ । मन्त्रिपरिषद्को बैठकपछि मंगलबार (आज) साँझ सवा ६ बजेदेखि करिब डेढ घण्टा छलफल भएको थियो । प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री शर्माबीच छलफल भएको बालुवाटार स्रोतले पुष्टि गरेको छ ।
अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करका दररेटमा हेरफेर गरेको आरोप लागिरहेका बेला उक्त दिनको सीसीटीभी फुटेजसमेत १३ दिनपछि स्वतः नरहने भनी मन्त्रालयले भनेपछि प्रतिपक्षी दल थप आक्रामक रुपमा अर्थमन्त्रीविरुद्ध प्रस्तुत भएको छ । अहिले अर्थमन्त्रीमाथि सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै शेखर कोइराला समूहका नेताहरुसमेत आक्रामक रुपमा लागेका छन् ।
नागरिक स्तरबाट समेत अर्थमन्त्रीमाथि नैतिकताका आधारमा राजीनामा दिन दबाब बढाइरहँदा माओवादी केन्द्रले अर्थमन्त्रीको आवश्यक परे बचाउ गर्ने निष्कर्ष बिहानको खुमलटार बैठकले निकालेको थियो । यस विषयमा प्रधानमन्त्रीसँगै बसेर छलफल गरेर के गर्ने भन्ने टुंगोमा पुग्ने प्रचण्डले बिहान पार्टी नेतासँग भनेका थिए । त्यसपछि साँझ उनी अर्थमन्त्रीसमेतलाई राखेर प्रधानमन्त्रीसँग बसेका हुन् ।
प्रधानमन्त्री देउवाले यस विषयमा अहिले कुनै स्टेप नचाल्ने संकेत साँझको छलफलमा गरेका थिए । यो गठबन्धन सरकार हो, माओवादीले गर्ने निर्णय नै आफूलाई स्वीकार्य हुने भन्दै प्रधानमन्त्रीले माओवादीले के गर्न चाहान्छ भनी उल्टै प्रचण्डसँग प्रतिप्रश्न गरेको स्रोत बताउँछ । प्रचण्डले भने अर्थमन्त्रीमाथि आक्रामण गर्न खोजेर माओवादीमाथि आक्रमण गर्न खोजेको बताएका थिए ।
देउवा र प्रचण्ड दुवै अहिले अर्थमन्त्री फेर्ने कुरामा सकारात्मक छैनन् । अर्थमन्त्री शर्माले आफूले कुनै कमजोरी नगरेको भन्दै बजेटको लोकप्रिय कार्यक्रम देखेर प्रतिपक्षले अनावश्यक प्रहार आफूमाथि गरिरहेको दाबी गरेका छन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया