भारत र कुवेतमा महिला बेचबिखन गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

काठमाडौं । मानव बेचविखन तथा ओसारपसारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने ४८ वर्षीय दौलत रोका, काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलाकी २७ वर्षीया रेवती सुनार र काठमाडौं टोखा नगरपालिका–२ चण्डेश्वरी बस्ने रोल्पा त्रिवेणी गाउँपालिका–७ का ५२ वर्षीय भरतमणि घर्तिमगर रहेका छन् ।
दौलतलाई गत जेठ २४ गते ललितपुर जावलाखेलबाट, रेवतीलाई गत जेठ २० गते काठमाडौं बबरमहलबाट र भरतमणिलाई गत जेठ १३ गते काठमाडौं टोखाबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूमध्ये दौलतले विभिन्न प्रलोभन तथा डरत्रास देखाई पीडितलाई ललितपुर ढोलाहिटीमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
दौलतले कुवेतमा मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभन देखाई भारतको नयाँदिल्ली हुँदै २०७८ चैत १६ गते कुवेतमा घरायसी कामका लगि बिक्री गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
कुवेतमा ती पीडितलाई घर मालिकले समेत बन्धक बनाई जबरजस्ती करणी गरेकोमा मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलको पहलमा उनलाई कुवेतबाट उद्धार गरिएको थियो ।
साथै रेवतीले भारतमा डान्स बारमा काममा लगाईदिने प्रलोभन देखाई पीडितलाई वीरगञ्जबाट भारतको रक्सौल सौनाबजार पु¥याई डर त्रास देखाई डान्स गर्न लगाएको प्रहरीले जनाएको छ । ती पीडितलाई सौनाबजारबाट भारतीय प्रहरीले उद्धार गरी भारतको बालिका गृह मोतिहारीमा राखेकोमा माईती नेपालको सहयोगमा नेपाल फिर्ता ल्याइएको थियो ।
यसैगरी भरतमणिले दुबईमा कम्पनीको प्याकिङ सम्बन्धी काममा लगाईदिने भनि मासिक ४०/५० हजार रूपैयाँसम्म कमाई हुने प्रलोभनमा २०७९ वैशाख १६ गते काठमाडौं एयरपोर्टबाट दुबई भनी कुवेतको घर मालिकलाई ५ हजार कुवेत दिनारमा बिक्री गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौंको २०७९ असार २१ गतेको आदेशले दौलतलाई, २०७९ असार १५ गतेको आदेशले रेवतीलाई र २०७९ असार ८ गतेको आदेशले भरतमणिलाई मुद्दा पुर्पक्षको लागि कारागार कार्यालय पठाइएको छ ।
















प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष
हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित
40 days to HoR elections: Printing of 5 million ballot papers for PR system remaining
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
प्रतिक्रिया