रुसी इन्धन किन्न श्रीलंकाका राष्ट्रपतिले मागे पुटिनसँग सहयोग

कोलम्बो । श्रीलंकाले इन्धन आयातका लागि सहयोग गर्न रुससँग अनुरोध गरेको छ । विदेशी सञ्चितिको अभावमा इन्धन झेलिरहेका बेला श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले इन्धन आयातका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका हुन् ।
श्रीलंका सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछिको सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको छ ।
पुटिनसँग ‘धेरै फलदायी’ छलफल भएको राष्ट्रपतिले बताएका छन् ।
दुई दिनअघि मात्र श्रीलंकाका उर्जामन्त्रीले देशमा तेल सिद्धिएको बताएका थिए । तेल नहुँदा विद्यालय ठप्प छन् । यसैबीच बुधबार सरकारको विरोध गर्दै सयौँ मानिस सडक प्रदर्शनमा उत्रिएका छन् । ‘मैले इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको छु’, राजापाक्षेले रुसी नेतासँगको कुराकानीको सन्दर्भमा ट्वीट गरेका छन् ।
गत महिना रुसी ध्वजवाहक एरोफ्लोटले सेवा निलम्बन गरेपछि राजापाक्षेले मस्को र कोलम्बो बीचको उडानपुनः सुचारु गर्नका लागि अनुरोध गरेको बताएका छन् ।
















कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया