काठमाडौंका यी स्थानमा फैलियो हैजा
स्वास्थ्य मन्त्रालय भन्छ : दूषित पानी मुख्य कारण हो

काठमाडौं । काठमाडौं उपत्यकामा गत असार २ गतेदेखि देखिएको हैजा संक्रमण फैलिएको छ । असार २२ गतेसम्म आइपुग्दा २१ जनामा हैजा देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म उपत्यकाका सात पालिकामा हैजाका बिरामी भेटिएका छन् ।
हैजाका बिरामी सबैभन्दा धेरै काठमाडौं महानगरपालिका देखिएका छन् । महानगरका १, २, १३, १४, २८ र २९, वडामा ११ जना संक्रमित भएका हुन् ।
महानगर बाहिर चन्द्रागिरीमा २, कागेश्वरी मनोहरामा ३ र बूढानीलकण्ठ नगरपालिकामा १ जना हैजा संक्रमित भेटिएका हुन् ।कीर्तिपुर नगरपालिकामा १, त्यस्तै, ललितपुर महानगरपालिकामा २ र भक्तपुरको चाँगुनारायण नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि, पहिलोपटक हैजा संक्रमित देखिएको बागबजार क्षेत्रका बिरामीले पिउने गरेको धारा र ट्युबेलको पानीमा इकोली जीवाणु भेटिएको थियो । त्यसपछि संक्रमण देखिएका अधिकांश क्षेत्रको पानीमा सो जीवाणु भेटिएको महाशाखाले जनाएको छ ।
काठमाडौंका धारा, ट्युबेल, इनारको पानीमा इकोली भेटिएकाले पानी उमालेर मात्रै पिउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया