सवारी साधनमा लेखिएको सायरी किन हटाउँदैछन् ट्राफिक प्रहरी ?

काठमाडौं । ट्राफिक प्रहरीले सवारी साधनमा लेखिएका अश्लील सायरी, गजल, कविताहरू हटाउन थालेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सवारीसाधनमा लेखिएका त्यस्ता सामग्रीहरू हटाउन थालेको सहप्रवक्ता प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले बताए ।
उनले भने, ‘सवारी साधनमा लेखिएका अश्लील, अपाच्य, गाली, कानूनविपरित तथा सामाजमा विकृति ल्याउने खालका सायरी, कविता, गजल तथा विभिन्न भनाइलाई हटाउने वा मेट्न लगाउने अभियान सञ्चालन गरेको छ ।’
त्यस्ता सामग्रीका कारण अरू चालकहरूको ध्यान मोडिँदा दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालयले ती सामग्री हटाउने अभियान सञ्चालन गरेको हो ।
कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समूदायलाई अपमान र अवहेलना गर्ने गरी कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
त्यसैगरी, अश्लील शब्द र द्विअर्थी भनाइहरूले सामाजिक र मानसिक खलल, हिंसा र विकृति बढाएको र सडक सभ्यतामा पनि आँच पुर्याएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागि परेको प्रहरी नायब उपरीक्षक राणाले जानकारी दिए ।
सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सूचना जारी गरेको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया