एसएसपी बोहोराले सम्हाले काठमाडौँको कमाण्ड
मेरोन्यूज
२०७९ असार २३ गते १६:०३

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बहादुर बोहराले सम्हालेका छन् ।
कार्यभार सम्हालेसँगै एसएसपी बोहराले गुण्डागर्दीविरुद्ध शुन्य सहनशीलता अपनाउन निर्देशन दिएका छन् । गोंगबु, दरबारमार्ग र बानेश्वरलगायतका क्षेत्रमा गुण्डागर्दी बढेको सूचना आएको उल्लेख गर्दै उनले भने, ‘गुण्डागर्दी गर्ने र अनावश्यक हैरानी दिनेलाई निगरानीमा राखेर कानुनी दायरामा ल्याउँछौं ।’
बोहरा प्रहरी प्रधान कार्यालयस्थित प्रशासन महाशाखाबाट काठमाडौंमा सरुवा भएका हुन् । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार बोहरासहित ६ जना एसएसपीलाई काज सरुवा गर्ने निर्णय गरेका थिए ।
यसअगाडि काठमाडौँको कमाण्ड सुदिप गिरिले सम्हालेका थिए । हाल उनी डीआईजीमा बढुवा भएका छन् । डीआईजीमा बढुवा भएसँगै उनले प्रदेश १ को प्रहरी प्रमुखमा सरुवा गरिएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया