गायिका दिलमायाको पोष्ट मार्टम रिपोर्ट आयो, मृत्युका कारण के हो ?
मेरोन्यूज
२०७९ असार २३ गते १८:३६

काठमाडौँ । नेपालटारस्थित डेरामा मृत भेटिएकी लोक गायिका दिलमाया सुनारको पोष्टमार्टम रिपोर्ट आएको छ । असार ११ मा बिहान उनी आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन् ।
सो घटनामा प्रहरीले सिन्धुपाल्चोक घर भएका सूर्य श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गायिकाका बुवा केशर बिकले हत्या आरोपमा किटानी जाहेरी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतलामा शव पोष्टमार्टम गरिएको थियो । चिकित्सकले गायिकाको मृत्युको कारणमा ‘झुण्डिएर मृत्यु’ भन्ने रिपोर्ट दिएका छन् । मृत्युको कारण ‘झुण्डिएर’ भन्ने रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
१२ दिनदेखि प्रहरी हिरासतमा रहेका श्रेष्ठको बयानको आधारमा प्रहरीले महाराजगञ्जस्थित कतार भिसा सेण्टर अगाडिको झाडीबाट सल बरामद गरेको छ । गायिकाको शव भेटिनु अघिको रातमा श्रेष्ठ उनको कोठामा गएका थिए ।
सम्बन्धित
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया