एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

नसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ। यस अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।
यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन्। यो अफर आज शुक्रबारदेखि संचालनमा आएको छ।
समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विषेशता रहेको कम्पनीले जनाएको छ। यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनस् खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ।
प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कूल अधिकतम समयसीमा २८ दिन रहने छ।
‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत् उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने।
एनसेलका ग्राहकले *१७१२३*२२# डायल गरि यो प्याक सजिलै सक्रिय गर्न सक्छन्। ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमईपेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्।
यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्ने कम्पनीले जनाएको छ।














दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया