एनसेलले ल्यायो आकर्षक ‘डबल मजा प्याक’

नसेल आजियाटा लिमिटेडले एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएको छ। यस अफरले ग्राहकलाई १२५ पर्ने डेटा प्याक पुनः खरिद गरि आफ्नो डेटा भोल्युम दोब्बर बनाउँदै अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ।
यदि ग्राहकहरुले ७ दिनको समयसीमा रहेको ५ जीबी डेटा करसहित १२५ मा खरिद गर्छन् र प्याकको समयसीमा सकिनु भन्दा पहिले नै सो प्याक पुनः खरिद गर्दछन् भने उही शुल्कमा ५ जीबीको सट्टामा १० जीबी डेटा प्राप्त गर्नेछन्। यो अफर आज शुक्रबारदेखि संचालनमा आएको छ।
समयावधि सकिनु अघिनै नयाँ प्याक लिएमा डेटा भोल्युम र समयावधि दुवै सोही अनुसार थपिँदै जाने यस अफरको विषेशता रहेको कम्पनीले जनाएको छ। यदि कुनै ग्राहकले प्याक खरिद गरेको तीन दिनपछि सोही प्याक पुनस् खरिद गरेमा नयाँ १० जीबी उसको बाँकी डेटा भोल्युममा जोडिन्छ र समयसीमा पनि बाँकी रहेको ४ दिनसहित ११ दिन हुन्छ।
प्याक आवश्यकता अनुसार जति पटक पनि पुनः खरिद गर्न सकिने छ भने कूल अधिकतम समयसीमा २८ दिन रहने छ।
‘हामी आफ्ना ग्राहकलाई हाम्रो निरन्तरको प्रयास र नवीन सेवामार्फत् उत्कृष्ट सेवा अनुभव र यसको उचित मूल्य प्रदान गर्न प्रतिवद्ध छौं। आफ्नो डेटाको सीमा सकिने कुनै चिन्ता नगरी सुलभ डेटा सेवाबाट फाइदा लिन पाइने भएकाले नयाँ डबल मजा प्याकले ग्राहकलाई ठूलो महत्व राख्दछ’ एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने।
एनसेलका ग्राहकले *१७१२३*२२# डायल गरि यो प्याक सजिलै सक्रिय गर्न सक्छन्। ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र इसेवा, खल्ती, आईएमईपेजस्ता वालेटबाट पनि यो प्याक खरिद गर्न सक्छन्।
यो अफर अन्तर्गत ल्याइएको प्याकले सुलभ दरमा डेटा सेवाको पहुँच प्रदान गर्दै ग्राहकलाई मूल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। ग्राहकले यस अफर अन्तर्गत एनसेलको डेटा सेवाको फाइदा जहाँ र जहिले पनि लिन सक्ने कम्पनीले जनाएको छ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
प्रतिक्रिया