मलेसियाली नागरिकलाई सिंगापुरमा फाँसी
मेरोन्यूज
२०७९ असार २५ गते १४:४३

सिंगापुर । सिंगापुरले एक मलेसियाली कैदीलाई मृत्युदण्ड दिएको छ । लागुऔषध ओसारपसार गरेको अभियोगमा कलवन्त सिंह नाम गरेका एक मलेसियालीलाई मृत्युदण्ड दिइएको हो । सिंहले अन्तिम मिनेटमा माफीको लागि अनुरोध गरेका थिए । तर, उनको याचनलाई अदालतले अस्वीकार गरेको थियो ।
कलवन्त सिंहको मृत्युको खबर सिंगापुरका मानवअधिकार कार्यकर्ता कर्सटन हानले आफ्नो ट्वीटमा पुष्टि गरेकी छिन् । हानका अनुसार कलवन्त जस्तै उही मुद्दामा हिरासतमा रहेका र सिंगापुरका नोराशरी गौसलाई पनि लागूऔषध तस्करीको अभियोगमा फाँसी दिइएको थियो ।
‘ कलवन्त सिंह र नोराशरी बिन गौस दुवैको मृत्युदण्डको पुष्टि गर्दा म दुःखी छु । दुवै परिवारलाई उनीहरूको शव र मृत्यु प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कलवन्तको परिवार अझै जेलमा छ । म नोरासरीको अन्त्येष्टिमा जाँदैछु’, हानले ट्वीट गरेकी छिन् ।
सम्बन्धित
















पूर्वी नाका काँकडभिट्टाबाट भित्रिए ७ हजार ६४२ पर्यटक
गैरीगाउँ–सिनामङ्गल क्षेत्रमा घरटहरा हटाउने काम जारी
साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
बाँकेका १२ सामुदायिक वनमा डढेलो
शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया