दक्षिण अफ्रिकाको ६५० हेक्टर क्षेत्रमा जमिनमा लागेको भीषण आगलागी नियन्त्रणमा
मेरोन्यूज
२०७९ असार २६ गते ७:५१

पेरिस । दक्षिणी फ्रान्समा ६५० हेक्टर क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको त्यहाँको फायर सर्भिसले जनाएको छ । दक्षिणी गार्ड क्षेत्रमा लागेको भीषण आगलागी नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणमा लिन विमानको सहयोगमा ९५० जना अग्नि नियन्त्रक तैनाथ गरिएको थियो ।
अब महत्वपूर्ण चरण बितिसकेको फायर सर्भिसका प्रवक्ता लेफ्टिनेन्ट कर्नल एरिक एग्रिनियरले बताए । ‘अहिलेको लागि आगो नियन्त्रणमा छ । यसको मतलब यो अब फैलिन सक्छ भन्ने हामीलाई लाग्दैन’ उनले थपे ।
मोन्टपेलियर र भूमध्यसागरीय तटबाट ९० किलोमिटर उत्तरमा रहेको क्षेत्रमा करिब ५२० जना अग्नि नियन्त्रक जमिनमा रहेको उनले बताए ।
यसअघि स्थानीय प्रिफेक्टको कार्यालयले यस क्षेत्रका करिब १०० जनालाई हलिडे होम र रेष्टुरेन्टहरूमा राखिएको बताएको थियो।
सम्बन्धित
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया