साढे एक करोड राजस्व नबुझाएपछि पाँच क्रसर उद्योगमा तालाबन्दी

काठमाडौँ । पटकपटक ताकेता गर्दा तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिक रुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ ।
सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ । ती उद्योगले गाउँपालिकालाई एक करोड ५४ लाख राजस्व दाखिला गर्नु पर्ने छ । तर, दाखिला नगरेकाले तालाबन्दी गर्नु परेको उपाध्यक्ष नेपालीले जानकारी दिइन् ।
मकवानपुरगढी गाउँपालिका ५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख, आधुनिक क्रसर उद्योगले २३ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख तिर्न बाँकी छ । त्यस्तै, मकवानपुरगढी २ स्थित नमूना बालुवा उद्योगले ३० लाख र मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।
ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सो गाउँपालिका ६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए ।
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया