श्रीलंकामा विपक्षी पार्टी अन्तरिम सर्वदलीय सरकार गठन गर्न सहमत

एजेन्सी, कोलम्बो / श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान अभूतपूर्व आर्थिक संकटबाट देशलाई अगाडि बढाउने उपाय खोज्न वार्ता गरेका थिए ।
‘हामी अन्तरिम समयका लागि सबै दलहरूको सहभागितामा मिलिजुली सरकार गठन गर्न सैद्धान्तिक रूपमा सहमत छौं’, सत्तारुढ श्रीलंका पोदुजाना पेरामुना पार्टी (सएलपीपी) बाट अलग्गिएको समूहका नेता विमल वीरावांसाले भने ।
उनले अगाडि थपे, ‘यो सरकार सबै दलको प्रतिनिधित्व हुने सरकार हुनेछ । ’
सोही समूहका अर्का नेता वासुदेव नानायकाराले सरकार गठनका लागि जुलाई १३ मा राजापाक्षेको राजीनामा पर्खनु नपर्ने बताए ।
राष्ट्रपति राजापाक्षेले शनिबार संसदका सभामुख महिन्दा यापा अबेवर्देनालाई बुधबार राजीनामा दिने जानकारी गराएका थिए । त्यस्तै, प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने प्रस्ताव गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल समुगी जनता बलवेगया पार्टीले व्यापक आन्तरिक छलफल भएको जनाएको छ ।
















शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
प्रतिक्रिया