नेपाल-चीनबीचको सहमति अगाडि बढाउन जरुरी छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पुगेका नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागका प्रमुख लिउ चियानछाओले ओलीको निवासमा चार करिब घण्टा बिताए ।
अध्यक्ष ओली र लिबीचको भेटमा एमालेका विदेश विभागका प्रमुख राजन भट्टराई, ईश्वर पोखरेललगायतका नेताहरू सहभागी भएका थिए । करिब ४ घण्टाको भेटमा साढे एक घण्टा लञ्चका लागि लागेको र बाँकी समय छलफल भएको भट्टराईले बताए ।
‘नेपाल र चीनबीचको सम्बन्ध समस्यारहित छ, विगतदेखि हामी एक चीन नीतिमा अडिग छौँ, र विगतमा जस्तै नेपाली भूमिमा चीनसहित हाम्रो कुनै पनि मित्र राष्ट्रविरुद्ध गतिविधि हुन दिदैनौं,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।
ओलीले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)लाई इंगित गर्दै नेपाल र चीनबीच भएको सहमतिलाई अघि बढाउन पर्नेमा जोड दिए । ‘हिजो दुवै मुलुकको हितका लागि हामीले गरेका सहमतिलाई अघि बढाउन जरुरी छ,’ ओलीको छलफलमा भनेका थिए ।
चिनियाँ नेता लिउले नेपालले एक चीन नीतिप्रति खेलेको भूमिकालाई लिएर प्रशंसा गरेका थिए । लिउले आफ्नो मुलुकले कुनै पनि देशमा हस्तक्षेप नगर्ने र नेपालमा पनि त्यो नहुने प्रस्ट पारेको भट्टराईले बताए ।
‘चीनले आफ्नै हिसाबले मार्क्सवादलाई व्याख्या गरेको र नेपालमा तपाईंहरुले आफ्नै हिसाबले व्याख्या गर्नु भएको छ, हामी आआफ्नो हिसाबमा अघि बढेका छौँ,’ छलफलमा लिउले भनेका थिए ।















झापामा दुर्घटनाको क्रम बढ्यो, २५ दिनमा १८ जनाको निधन
के तपाइकाे परिवारमा कसैकाे शरिर काँप्छ ? यी हुन् शरीर काप्ने १० कारण
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्ता
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
प्रतिक्रिया