कांग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने
काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्य समितिको बैठक बुधबार पनि बस्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन, वीपी नगर सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारणसम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका छन् ।
मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पदमनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, रमेश लेखक, अमृत अर्याल, कर्णबहादुर बुढाले आफ्नो धारणा राखेका थिए ।
यस्तै, डा गोपाल दहित, योगेन्द्र चौधरी, गेहेन्द्र गिरी, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, दिलमान पाख्रिन, महेन्द्रकुमारी लिम्बू, रामहरि खतिवडा, सरस्वती वजिमय, प्रकाश रसाईली स्नेही, रंगमती शाही, कुन्दनराज काफ्ले, प्राडा गोविन्दराज पोखरेल, नानु बास्तोला र सुशीला थिङले आआफ्नो धारणा राखेका थिए ।
पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया